हलेसीका अग्निपीडितका लागि विभिन्न निकायहरूबाट राहत वितरण र संकलन - Smart Online Media

AD

हलेसीका अग्निपीडितका लागि विभिन्न निकायहरूबाट राहत वितरण र संकलन

हलेसीका अग्निपीडितका लागि विभिन्न निकायहरूबाट राहत वितरण र संकलन

Share This
हलेसीका अग्निपीडितका लागि राहत संकलन सुरु भएको छ । मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन सुरु भएको हो ।
हलेसी बजारबाट बुधबारसम्म तीन लाख रुपैयाँ संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । अग्निपीडितको सहयोगार्थ राहत संकलनका लागि काठमाडौंमा पनि दिनेश राईको संयोकत्वमा सात सदस्यीय अग्निपीडित राहत संकलन समिति गठन गरिएको जनाइएको छ ।
स्थानीय मगम राईको घरबाट सुरु भएको आगलागीमा आंशिकरुपमा घर क्षति भएका प्रकाशचन्द्र गिरीको रु १५ लाख, रेगिन्द्र राईको रु एक लाख, गोविन्द राईको रु पाँच लाख, सरनसरी राईको रु पाँच लाख, सरनकुमार राईको रु एक लाख ५० हजार, महानन्द राईको रु एक लाख, कृष्ण राईको रु दुई लाख ५० हजार र कम्पराज राईको रु १५ हजार क्षति  र अन्य क्षति सहित अनुमानित पाँच करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हलेसी बजारमा होटल व्यवसाय गर्दै आउनुभएका मगम राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा यो मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । 


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages