यस्तै कुराको भुलबाट ग्यास दुर्घटना हुन्छ अनि अपनाउनुहोस् ग्यास दुर्घटना बच्ने घररेलु उपायहरू - Smart Online Media

AD

यस्तै कुराको भुलबाट ग्यास दुर्घटना हुन्छ अनि अपनाउनुहोस् ग्यास दुर्घटना बच्ने घररेलु उपायहरू

यस्तै कुराको भुलबाट ग्यास दुर्घटना हुन्छ अनि अपनाउनुहोस् ग्यास दुर्घटना बच्ने घररेलु उपायहरू

Share This

Image result for ग्यास
खाना पकाउनका देखि लिएर अन्य विभिन्न प्रयोजनका लागि ग्यासहरूको प्रयोग दिन प्रतिदिन वृध्दि भएको पाइन्छ । यसको सहि ढंगले प्रयोग नगर्दा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । उदाहरणा वीरगन्जको सुपर ग्यास उद्योगमा ठूलो आगलागी ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ ।

ग्यास दुर्घटना बच्न उपायहरू
नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा अन्य देशबाट ल्याएका भित्रिरहेका गुणस्तरहीन रेगुलेटर बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ।
कहिल्यै पनि कुच्चिए र म्याद नाघेको ग्यास सिलिन्डर प्रयोग गर्नुहुँदैन । प्रत्येक १० वर्षमा सिलिन्डरको टेस्ट गरी छाप लगाइएको हुन्छ ।
प्लास्टिकका ग्यास पाइपहरू सस्तो हुने भएकाले धेरैले प्रयोग गर्ने गरेको पनि पाइन्छ । ग्यासमा प्लास्टिकको नभई रबरको पाइप प्रयोग गर्नुपर्दछ । यो बलियो, छिटो  नजल्ने ख मुसालगायतले नकाटोस्। यस्तो पाइप प्रत्येक दुई वर्षमा परिवर्तन गर्न आवश्यक छ ।
घरानामा व्यावसायिक घरानाहरूमा अत्यधिक रूपमा ग्यास खपत हुने भएकाले सम्भावित घटनालाई कम गर्नका लागि अक्सिजन र ग्यास ब्यालेन्स गरेर मात्र प्रयोग गर्नुपर्दछ ।
घरमा खाना पकाउँदा झ्याल, ढोका  खुला राख्नुपर्छ । ग्यास प्रयोग गर्ने मानिसले एप्रोन वा सुतीको कपडा प्रयोग गर्दा राम्रो हुन्छ ।
१० रुपैयाँमा नै बजारमा सेफ्टी क्याप सधैँ भान्सामा राख्नुपर्छ । ग्यास लिकेज हुनेलगायतका समस्या आउँदा यसको भूमिका निकै ठूलो हुन्छ ।
ग्यास खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछ ।
·         विक्रेता प्रमाणीकरण गरिएको कम्पनीको
·         आधिकारिक डिलर
·         फायरफाइटिङ, तराजु मेसिन अनिवार्य भएको डिलरबाट ग्यास किन्दा जोखिम कम हुन्छ ।
चुलो सिलिन्डरभन्दा माथि राख्ने ।
सिलिन्डर घोप्ट्याएर ग्यास प्रयोग गर्नु हुँदैन ।
रेगुलेटर अफ गरिसकेपछि मात्र चुलो अफ गर्नुपर्छ । घरबाहिर निस्कँदा रेगुलेटर निकाली सेफ्टी क्याप लगाउने बानी गर्नुपर्छ 



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages