"Facebook" सबैले एकपटक पढ्नै पर्ने कथा फेसबुक बहिनि सुनाउछिन अाफ्नै पिर - Smart Online Media

AD

"Facebook" सबैले एकपटक पढ्नै पर्ने कथा फेसबुक बहिनि सुनाउछिन अाफ्नै पिर

"Facebook" सबैले एकपटक पढ्नै पर्ने कथा फेसबुक बहिनि सुनाउछिन अाफ्नै पिर

Share This
चलाउदा चलाउदै पुगे म त्यो फेसबुक मा
आज लेख्दै छु यसकै एउटा कथा नोटबुक मा 
कोहिले पाए होलान धोका त कोहिले हाने चौका 
मैले ता पाए एउटा यसैको कथा लेख्नु मौका । 



अहिलेको यो २१ औँ शताब्दीमा मान्छेका इच्छा आंकक्षाहरु दिन प्रति दिन वृद्धि भएकोले त्यस इच्छा र आंकक्षालाई परिपूर्ति गर्नको लागि हरेक चिजहरुको उत्तीकै रुपमा आविष्कार भई त्यस सम्पूर्ण चिजहरु मध्ये विश्वलाई एक मुठिमा अटाउन सफल इन्टरनेट को आविष्कार भएकोले मानिसहरु विश्वको कुनै एक कुनाबाट आवश्यकिय जुनसुकै कुनामा पनि आफ्नो पहिचान देखाउन र लिन सक्ने भएको छ । त्यो माध्यम त्यहि वस्तु हो जुन कोहि कोहिको सम्बन्धलाई अटुट पार्छ त कोहिको सम्बन्धमा प्रेमको भावना ल्याइदिन्छ र कोहिलाई मिलनसार पनि बनाईदिन्छ । जुन चिज अहिलेका ठिटा ठिठीहरुका लागि नशा बनिसकेको छ । हो म यहाँ त्यहि नोटबुक मा लेखेको फेसबुक को कथाको बारेमा भन्दै छु । आजसम्म पनि त्यो फेसबुकको कुरा मेरा लागि अविष्मरणिय रहन पुग्यो । जव मैले इन्टरनेट को एक साइड फेसबुक प्रयोगकर्ता भई प्रयोग गर्न थाले तब मेरो फेसबुक को कथा सुरु भयो । जब म प्रत्येक दिन फेसबुक लग इन गरेर हेर्दा हरेक दिन त्यहा फ्रेन्ड रिकोयष्ट र म्यासेज आइरहेको हुन्यो । म पहिला फ्रेन्ड रिकोयष्ट लार्इ कम्पम गरि म्यासेज हेर्दथे । प्रत्येक दिन त्यहि अवस्थामा दिनचार्य वितिरहेका थियो एक दिन अचानक फ्रेन्ड रिक्योष्ट कम्फम गर्न साथ यु अर कस्ट वेयलकम् मार्इ फेसबुक टार्इमलार्इन भन्ने म्यासेज आयो झट्ट हेर्दा त्यो व्यक्ति सगँ झनन् रसि उठ्यो । मैले कर लागि नलागि अके थ्याक्स लेखेर सेन्ड गरे। प्रोफार्इल पिक्चर मा अति सुन्दर हलिउड को हिरो जस्तो विदेशी पहिरनमा थियो। उसको नाम पनि विदेशी सेलिब्रेटको जतै सादिक थियो । अनि मनमनै सोचे र कुन मुर्घाको काम होला किन यसरि चम्कि राछ । भन्दै उसको प्रोफार्इल खोलेर हेर्दा त्यो ता नेपालीनै रहेछ तर उसको त्यो लगायत अन्य फेसबुक मा अपलेड गरेका सम्पूण पिक्चर हरु र उसले लेखेका ति व्यङ्ग्यात्मक, प्रेरणात्मक, हास्य भनार्इ र प्रकृति को वर्णन गरेका ति स्टाटस हरु भाबुक हुदै पढे। त्यसपछि मेरो मनमा कता कता कस्तो कस्तो अनुभव भयो । 

खुकुरि ले हाने पछि चोट अवस्य वस्छ भनेजस्तो भयो उसको त्यो रूपलार्इ देखेपछि

त्यस पछि मैले अनलार्इन चेक गरे उ त अनलार्इन मा रहेनछ। त्यो दिन त्यतिकैमा वित्यो भोलि पूर्ण फेसबुक लग इन गर्दा आज पनि उ अनलार्इन मा थिएन । त्यसैले मैले उसकै प्रोफार्इल खोलेर उसको एक दुर्इ वटा फोटोहरू लार्इ जुम गर्दै हेर्दा उसको त्यो हिमालले सेतो मोति टल्काउदा जस्तो मुस्कान भएका र एउटा चुम्बकले अर्को धातुहरूलार्इ जसरि आफुतिर खिच्न सक्दछ उसको त्यो फोटो मा पनि त्यहि सिसिमको एक आणाविक शक्ति छ जुन शक्तिले मलार्इ उ तिर अकर्षणा गरिरहेको थियो । नभन्दै उ अनलार्इन आयो । त्यस बेला उसले मलार्इ नै पखिएर बसेको रहेछ जस्तो लाग्यो । मैले च्याट वक्स खोलेर हार्इ भन्ने म्यासेज सेन्ड गरे उसले पनि तुरून्त रिप्लार्इ गर्यो । हार्इ के छ खबर ? मैले नि ठिकै छ तिम्रो नि ! यस्तै थुपै प्रतक्रियारत प्रश्नउत्तर र घरिघरि फेसबुकको हाहाहाहा हाँसोमा त्यो दिन करिव २ घण्टा जति वित्यो । त्यस्तै त्यस्तै गर्दै हरेक दिन त्यो समयका ति चिसा रातहरू वितेको अतोपत्तो हुदैन थियो । म हरेक दिनको बेलुकि समयको प्रतिक्षामा बसिकी हुन्थे किन कि जहिल्यै पनि उ बेलुकि मात्र अनलार्इन अउने गर्दथ्यो । जब दिन वितेर रात तर्फ ढल्कन थाल्दछ म उ अनलार्इन छ छैन भनर हेर्न थाल्दथे । जव उ अनलार्इन मा आउन ढिला गर्दथ्यो मरो मनमा अनकौ कुराहरू का साथ त्रसित हुन्थ्यो । किन अएन् ? बा के भो कि? जस्ता अनेकौ कुराहरू कौतुहलता ल्याउथ्यो। जब उसको त्यो हेल्लो भन्ने म्यासेज ले ति सम्पूर्ण कौतुहलतालार्इ भङ्ग गरि साहास परिवर्तन गरिदिथ्यो । त्यस बेला म आफ्नो जिवनका हरेक क्षणाहरू, घर, परिवार, इष्ठ मित्र, दाजुभार्इ लार्इ मात्र कहाँ हो र कति दिन ता खाना खान पनि विर्सन्थे। जुन हामि दुर्इ विच ति प्रेमिका महान कथाहरुको वातालाप हुन्थ्यो, मलार्इ त्यस बेला प्रेम नै सबै थोक छ यसलार्इ कसैले पनि रोक्न सक्दैन् भन्ने कुरा महशुस हुन हुन्थ्यो । तर मलार्इ उसले छोडेर पो जाने हो कि भन्ने कुराको वडो डर कता कता लागि रहेछ । किन कि उसलार्इ मैले चिनेको यहि फेसबुक मा नत हाम्रो कुनै भेटघाट नै भएको थियो । कता कता सुनेको थिए मैले फेसबुक भेटेको केटाहरुको कुनै भर हुन रे, तर पनि मैले त्यस कुरालार्इ वास्ताव्यस्ता नगरि उ र म विचको मेरो पहिलो प्रेमक भएकोले म उ सगँ सुमधुर सम्बन्ध कायम गर्न प्रत्यन राखि आफ्नो जिवनको हरेक पल उसगँ नै विताउन चाहान्थे। यस्तै सोचाइ ले मेरा हर दिन रात वित्न थलिसकेका थिए । म मात्र अव त्यो दिनको प्रतिक्षा मा थिए कि जुन दि उसले मलार्इ घुम्टो ओडाएर उसको घर लैजावस् । तर एक दिन अचानक उ अनलार्इन मा आएन त्यो दिन ता उसकै पखार्इमा वित्यो वित्यो अर्को दिन पनि उसकै पर्खाइमा वित्यो, त्यसैले मेरो मनमा अनकौ कुराहरु खेलिरहेकि थिए उसको नम्बर डायल गर्दा त्यो पनि स्वुर्इचअफ थियो। म्यासेज पठाए रिप्लार्इ आउछ कि भन्दै वसिरहे, त्यस्तै ५ दिन पछि उ अनलाइनमा आयो । उसले अलिक रुन्चे स्वभावमा म विरामि छु २ चार दिन आराम गर्नु पर्छ रे भन्ने म्यासेज पठायो र उ अफलार्इन भयो । मरो मन अलिक शान्त भयो कता कता उसलार्इ ति अफलार्इन मा रिसका आवेगमा पठाएका अनेक गालि शब्दहरु बेकार रहेछन् । तर पनि उसको त्यो छोटो सन्देशले बा उसले झुट पो बोल्यो कि भनेर म मा कता कता पिरोली रहेकि थिए। त्यस्तै फेरि ३, ४ दिन सम्म उ अनलार्इन मा आएन् त्यसैले मैले उसको साथिलार्इ सोधे के भयो? कि कता छ तिम्रो साथि सादिक अजकाल उ अनलार्इन मा अउदैन त । उनले भन्यो, “ए, त्यो सादिक त अर्को आइडी चलाउछ र सादिक को अर्को प्रेमी छ, तिमि पनि उसको प्रेमी हो ? हा हा हा त्यसले तिमीलाई फसाएछ, तिमि जस्ता २-३ जना केटा छन् | त्यो केटा एकदम फटाहा छ|” यो सोच्न पनि सक्दिन त्यो पल, मेरा आशु कति झरे होला ? विश्वास गरेर ठुलो गल्ति गरेछु | त्यसबेला मलाई मेरो जिन्दगी न निल्नु न् ओकल्नु भए थियो | अहिले सोच्छु कसैलाई मनैदेखी नै विश्वास गर्दा घात पाइदो रहेछ | साच्चै नै हो रहेछ “अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुदो रहेछ |” सुरु गर्दा थोरै बुझेको थिए तर मैले अन्त्यमा घात पाए पछि धेरै कुरा बुझे | जहा मेरो पहिलो फेसबुक को प्रेम कथा भर्इ अन्त्य हुन पुग्यो ।

काजी अाचार्य

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages