वीर पू्र्खा पृथ्वीनारायण शाहले यस्ता अपराध गरेको कारण पृथ्वीनारायण जयन्तीमा पृथ्वीनारायणलाई नेता देखि विज्ञ सबैले थुकेर मनाए - Smart Online Media

AD

 वीर पू्र्खा पृथ्वीनारायण शाहले यस्ता अपराध गरेको कारण पृथ्वीनारायण जयन्तीमा पृथ्वीनारायणलाई नेता देखि विज्ञ सबैले थुकेर मनाए

वीर पू्र्खा पृथ्वीनारायण शाहले यस्ता अपराध गरेको कारण पृथ्वीनारायण जयन्तीमा पृथ्वीनारायणलाई नेता देखि विज्ञ सबैले थुकेर मनाए

Share This
के नेपाल एकीकरण गर्ने हाम्रा वीर पू्र्खा पृथ्वीनारायण शाहले तलका १३ अपराध गरेकै हुन त जस्को कारण आज आदिवासीहरुले आज पृथ्वीनारायण जयन्ती वा एकता दिवसमा पृथ्वीनारायण लाई थुकेर मनाए !!
Image result for पृथ्वीनारायण शाह थुकेर मनाए

पृथ्वीनारायण शाहले गरेका १३ अपराध


अपराध नं १ : नेवार समुदयको नाक कान काटेको
किर्तिपुरमा ३ पटक युद्ध हारेको आक्रोश र प्रतिसोधको भावनले ग्रसित पृथ्वी नारायण शाहले किर्तिपुरका नेवार समुदयको नाक कान काटेको सत्य घटनालाई सबै ईतिहासकारले स्वीकारेकाछन् । ईतिहासकारहरु बीचको विवाद कति धार्नी नाक कान काटेको हो भन्नेमा मात्र छ कसैले १० कसैले १२ र कसैलै १७ धार्नीको दावी गरेकाछन् र १० धार्नी भन्दा कम कसैले दावी गरेका छैनन् ।

अपराध नं २ : आफ्नै सहयोगी र समर्थकहरुको हत्या र सर्वश्वहरण
ललितपुरमा ५ प्रधान नेवार मन्त्रीहरुले पृथ्वी नारायण शाहालाई राज स्वीकार गरे पछि कान्तिपुर (हालको काठमाडौ) बाट घर फर्कन्द बाटोमा मारेर उनीहरुको सबै सम्पत्ति सर्वश्वहरण गरेको थियो 

अपराध नं ३ : विदेशी शासक र व्यपारीको सहयोगमा अरु राज्यमाथी अक्रमण
भारतबाट ल्याएको १२०० सैनिकको सहयोगमा किर्तिपुरमा प्रथम पटक हमला गरेको र ईटालीको शासक र यूरोपियन व्यापरीहरुले ल्याई दिएको हतियारको प्रयोग गरेर किर्तिपुर सहित अन्य राज्य माथी अक्रमण गरेर कब्जा गरेको थियो ।
अपराध नं ४ : पुरातात्वीक १ हजार ग्रन्थहरु जलाए
भक्तपुरमा हातले लेखेका १ हजार तन्त्रशास्त्र, रसयानशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शव्दविद्या ग्रन्थ जलाएर नष्ट पारेको थियो ।

अपराध नं ५ : नेपाललाई हिन्दु राज्य बनाए
ललितपुरमा १२ क्रिष्टीयनलाई देश निकाल गरेर र बौद्ध मार्गीहरु माथी धार्मिक दमन र बौद्ध धर्मका ग्रन्थहरु मुर्तीहरु नष्ट गरेको थियो । पशुपति भित्र भएका बुद्धका मुर्तीहरु ग्रन्थहरु झिकेर वागमती नदीमा फालेका थिए । पृथ्वीनारायण शाहले नै नेपाललाई हिन्दुकरण गरेको थियो ।

अपराध नं ६ : भक्तपुरमा सिङ्ग्रै गाउँ जलाए
भक्तपुर गौकोट हमला गर्दा त्याहाँको गाउँलेहरुको सशक्त प्रतिकारमा पृथ्वी नारायण शाहको ३३२ सेना मृत्यु भएको आक्रोशमा युद्ध जिते पछि सिङ्गै गौकोट गाउँ नै आँगो लगाएर जलाएका थियो ।

अपराध नं ७ : एकीकराण लागि होईन आर्थिक लाभको लागि अक्रमण
वाईसे चौविसे राज्यमध्ये अति सानो आकार, अति कमजोर आर्थिक अवस्था र १ हजार पनि सेना नभएको गोरखाको राजा पृथ्वीनारायण शाहले आर्थिक रुपले समृद्धिशाली राज्यबाट आर्थिक लाभ लिन अरु राज्यहरु कब्जा गरेको थियो । पृथ्वी नारायण शाहको दिव्य उपदेशमा एकीकरण गर्नु पर्नेबारे कतै पनि उल्लेख नभएकोले यो तथ्यलाई पुष्टी गर्दछ ।

अपराध नं ८ : नेपाल भनेको काहाँ पर्छ पृथ्वीनारायण शाहलाई थाहा थिएन
मकवानपुरमा ससुरालमा साढुदाई दिगबन्ध सेनसंग विवाद भए पछि घर फर्कने क्रममा पर्वत पुगेका थिए । पवर्तमा पृथ्वीनारायण शाहले आफुसंग आएको भानु जैसी र कुलानन्द जैसीलाई नेपाल भनेको काहाँ पर्छ भनेर सोधे पछि उनीहरुले भादगाउले (भक्तपुर), ललितपुर र कान्तिपुर (काठमाडौ) लाई देखाए नेपाल चिनाएका थिए ।

अपराध नं ९ : जैसी, मामा र सीमरक्षकको सल्लहा पछि काठमडौ उपत्यकमा आक्रमण
काठमाडौ उपत्यकाको कला कौशाल भरिपुर, दरवार, ठूला ठूला घर, मन्दीर भौतिक विकासको रुपमा पानीको ईनार, कुवा, बाटो र सडक साथै तिब्बतसगको व्यापर र आर्थिक समृद्धि कब्जा गर्ने पृथ्वीनारायण शाहको गिध्दे ईच्छालाई भानु र कुलानन्द जैसी, आफ्नै मामा र सीमरक्षकहरुले प्रोत्साहित गरे पछि पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका आक्रमण गरेको थियो ।

अपराध नं १० : मगर प्रमुखको छाला काढेर यातना दिए
नुवाकोट जितेपछि वेलकोट अक्रमण गर्दा पृथ्वीनारायण शाहको धेरै सेनाको मृत्यु भए पछि युद्धा छाडेर फर्केका थिए । तर पछि कालु पाँडेको सहयोगमा युद्ध जिते पछि वेलकोटका प्रमुख जयन्त रानालाई समातेर छाला काढेर यातना दिएको थियो ।

अपराध नं ११ : आदिवासी जनजाति चेलीहरुको विभत्स हत्या
१४/१५ वर्ष उमेरका आदिवासी जनजातिका चेलीहरुलाई यौन पिपाशु राजामहाराजा, मन्त्री तथा सेना यौन तृप्तिका साधान बनाएर र गर्भवती सबैलाई विभत्स हत्या गरेका थिए ।

अपराध नं १२ : आदिवासी योद्ध कन्सोरेलाई झुकाएर मारेको
किरात लिम्बुवान महान योद्ध कन्सोरेलाई पृथ्वीनारायण शाहका सेनाहरुले षडयन्त्रपूर्वक झुकाएर मारेका थिए ।

अपराध नं १३ : मित छोरा भनेर नेवा समुदयप्रति अन्तरघात गरेको
मित छोरा बनेर काटमाडौं पसेको पृथ्वीनारायण शाहले पछि नेवा समुदायप्रति उल्टै प्रतिघात गरेका थिए ।




No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages