- Smart Online Media

AD

Image result for स्वास्थ्य समाचारडा. चौधरीले स्वास्थ्य सचिवको पदभारग्रहण गरेसँगै मधेसी समुदायबाट सचिवको पदमा नियुक्त हुने उनी सम्भवत पहिलो मधेसी महिला बनकी छिन् । बिहीबार बसेको मन्त्रीपरिषद्केा वैठकले उनलाई स्वास्थ्य सचिवको पदमा नियुक्त गरेको थियो ।
पदभारग्रहण पश्चात शुक्रवार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघिय संरचनामा आम जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नु , स्वास्थ्यकर्मी, जनशक्ति परिचालन, उपकरण खरीद, पूर्वाधार विकास, बजेट लगायतका विषय ठूलो चुनौतीको रुपमा देखा परेको बताइन् ।
नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको गुणस्तरीय सेवा आम जनतामाझ प्रवाह गर्नु समेत थप चुनौती भएको बताउँदै डा. चौधरीले यसको लागि सबै मिलेर अगाडी बढ्न आव्हान गरेकी छिन् । साथै आफूलाई विश्वास गरेर स्वास्थ्य सचिवको जिम्मेवारी दिएकोमा जिम्मेवारी दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।
सोही क्रममा स्वास्थ्य सचिव डा. चौधरीले संघिय निजामति ऐनमा स्वास्थ्य सेवा ऐन समावेश भएता पनि आवश्यक परेको बेलामा छुट्टै ऐन बनाउन सकिने गरी सम्बन्धित निकायहरुसित आवश्यक छलफल भइरहेको बताउँदैै उनले यसको लागि समन्वय गरे अगाडि बढ्ने जानकारी दिइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages