प्रदेश स्तरीय भलिवल प्रतियोगिताको अयोजना भलिवल खेलाडीहरूको लागि राम्रो अवस - Smart Online Media

AD

प्रदेश स्तरीय भलिवल प्रतियोगिताको अयोजना भलिवल खेलाडीहरूको लागि राम्रो अवस

प्रदेश स्तरीय भलिवल प्रतियोगिताको अयोजना भलिवल खेलाडीहरूको लागि राम्रो अवस

Share This

भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा सयपत्री बोइज युनियनले प्रदेश नं. १ स्तरीय भलिवल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
आयोजक सयपत्री बोइज युनियन क्लबले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष २७ देखि माघ २ गतेसम्म प्रदेश नं. १ स्तरीय पानवारी भलिवल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
यसभन्दा अगाडि जिल्ला स्तरीय प्रतियोगिता गर्दै आएको यो संस्थाले यो बर्षदेखि भने प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको र यसमा सबैको साथ सहयोगमा वृद्धि भएको सयपत्री बोइज युनियन क्लबका अध्यक्ष सुनिल भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा आर्मी र पुलिस दुई विभागीय टिमसहित १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । विगतमा सुनसरी जिल्ला भरिका भलिवल क्लबहरुले सहभागिता जनाएको भए पनि यसपटक भने संखुवासभा, भोजपुर र स्याङजाका क्लबहरुले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ ।
यस बर्ष पुरस्कारको राशी

विजेता टिम
५१ हजारसहित ३५ तोला बराबरको चाँदीको ट्रफी
उपवेजता
३१ हजारसहित, मेडल र प्रमाणपत्र

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages