फुटबलमा औधि रुची राख्नेहरूका लागि उत्कृष्ट एन्ड्रोइड एप - Smart Online Media

AD

फुटबलमा औधि रुची राख्नेहरूका लागि उत्कृष्ट एन्ड्रोइड एप

फुटबलमा औधि रुची राख्नेहरूका लागि उत्कृष्ट एन्ड्रोइड एप

Share This
फुटबलमा औधि रुची राख्ने तर खेलाडी बन्न नसकेकाहरुले आफ्नो तलतल मेट्न भिडियो गेमको सहारा लिन्छन् । विगत दुई दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पिइएसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबलप्रेमीहरु अछुृतो छैनन् ।Image result for football
तर, ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने वास्तविक घटनामा आधारित रहेर खेलिने ‘फ्यान्टसी फुटबल’ केही वर्षदेखि नेपाली फुटबल प्रेमीमाझ निकै लोकप्रिय बनेको छ । सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा आ-आफ्नो देशमा भित्र्याएका थिए । त्यसको ५५ वर्षपछि बितिसक्दा अहिले यो खेलले विश्वभरी नै ठूलो बजार ओगट्दै छ ।    
हालै मात्र नेपालका ‘फ्यान्टसी प्रिमियर लिग’का खेलाडी सौरभ घिमिरेले ‘फुटी फ्यान्टसी’ नामक एन्ड्रोइड एप लिएर आएका छन् । नेपाली फ्यान्टसी खेलाडीहरुलाई थप खुराक दिन यो एप बनाएको घिमिरेले बताए ।
एपले आफ्नो खेलका विजेताहरुलाई साप्ताहिक, मासिक र वाषिर्क रुपमा पुरस्कार दिने घोषणा गरेको छ । फुटी फ्यान्टसी डाउनलोडमा Click गर्नुहोस् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages